सुर्खेतः कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडीमा आगजनी गरिएकाे छ ।
सिंह चढ्ने गर्नु भएकाे कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा आगाे लगाइएकाे हाे ।
उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ ।
प्रहरीले उक्त सवारी साधनमा आगाे लगाउने व्यक्तिकाे खाेजी तिब्र बनाएकाे छ ।











