२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए



फाईल फोटो
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म ६ लाख ८२ हजार ३८६ जना नेपाली रोजगारीको लागि विदेश गएका छन् ।

जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीको खोजीमा विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । वैशाखमा ७० हजार व्यक्ति विदेशिएका थिए ।

गत आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चालु आव २०८०/८१ मा पनि साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

वैदेशिक रोजगारीको लागि सबैभन्दा धेरै यूएई गएका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यूएईका लागि १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । मलेसियामा भने ८७ हजार जना गएका छन् ।

जेठमा मात्र २० हजार ४२४ जना यूएई गएका छन् भने मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । यस्तै, कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

पछिल्लो वर्षमा वैदेशिक रोजगारीको लागि युरोप जानेको संख्या पनि बढ्दै गएको ।जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।