• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि



काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ ।

खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ । गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।

शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।