७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

प्रतिनिधिसभा पुनर्स्थापना हुँदैनः प्रधानमन्त्री

प्रतिनिधिसभा पुनर्स्थापना हुँदैनः प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने ठोकुवा गरेका हुन् । 

प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताए । 'प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन उहाँहरू भन्नुभएको होला,' प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु लगायत रहेको बताए । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको बताए ।

कतिपयबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर कुप्रचार गरिएको भन्दै आफूसँग लगभग दुई तिहाई रहेको र पनि निर्वाचन चाहियो भनेकाले पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीको ठोकुवा थियो । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए ।

'प्रतिनिधिसभा विघटन गरेर नयाँ जानादेशका लागि जाने सिफारिस लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेका ले हो,' ओलीले भने । प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएपछिको गठबन्धनबारे विभिन्न सञ्चारमाध्यमले अनावश्यक अल्ला फैलाइएको भन्दै रोष प्रकट गरे । 

प्रधानमन्त्री ओलीकाे सम्बाेधनका मुख्य बुँदाहरू

दुनियाँ आश्चर्यचकित हुने गरी नेपालको आर्थिक वृद्धि भएको छ । विश्वका दश उत्कृष्ट प्रगति गर्ने मुलुकमा नेपाल छ ।

नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा पनि हुँदैनथ्यो । अहिले भारतका हरेक मान्छेलाई सोध्यो भने नेपालका प्रधानमन्त्रीको नाम हरेकलाई कण्ठै छ । हाम्रा दृष्टिकोण विश्वमा सुनिन थालेको छ, सरहाना हुन थालेको छ ।

भारतका प्रधानमन्त्री मोदी आए, नेपालको समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा होस् भने, चीनका राष्ट्रपतिले पनि सही गन्तव्य हो भनेर गए । तर प्रचण्ड र माधव नेपाललाई यो राष्ट्रिय आकाँक्षाका बारेमा केही मतलब छैन, कहिल्यै बोल्दैनन् । ढुंगो बोल्ला उहाँहरु बोल्नुहुन्न । यसको जस कसैलाई जाला भन्ने सानो चित्त छ उनीहरुसँग ।
चीन, भारतसँग नेपालको सम्बन्ध प्रगाढ हुँदै गएको छ ।

अहिले छापाहरुमा प्रायोजित समाचार आइरहेका छन् । चुनावको विकल्प छैन, ताजा जनादेशका लागि मुलुक अघि बढी सक्यो । टुक्रिएर गएकाहरुले कमसेकम दुई वटा अंक भएकोसम्म सिट ल्याएर देखाउनुहोस् । मलाई विश्वास छ, उहाँहरु फर्कनु हुन्छ । हामीले उहाँहरुलाई ठाउँ राखेका छौं । उहाँहरु फर्कने भनेको केन्द्रीय कमिटीमा हो । तर केन्द्रीय कमिटीमा फर्किए पनि उपद्रो मच्चाउन पाइँदैन, थान्कोमा राखिन्छ । अब गुटबन्दीलाई हामीले स्थान दिने छैनौं । व्यक्ति फर्किए पनि अब गुटबन्दी फर्कने छैन ।

आश्चर्य, दलको अध्यक्ष र प्रधानमन्त्रीलाई थाहै नदिई साथीहरु हस्ताक्षर बोकेर कुदेका छन् । केन्द्रीय कमिटीको बैठक बोलाउन सही गराए, बहाना बनाए र त्यसलाई संसदको विशेष अधिवेशन बोलाउन प्रयोग गरियो । हाम्रोतिर बहुमत छ भन्ने उहाँहरुले भन्नु भएको छ । आगामी बैशाख १७ र २७ मा हेरौं न ।

उहाँहरुले प्रथम अध्यक्ष र प्रधानमन्त्रीको पक्षमा के बोल्नु भयो ? अनुशासनहीनता, अराजकता मात्र थियो । उहाँहरु प्रतिगमनतर्फ लाग्नु भएको छ । हामीले प्रतिगमन रोक्नु थियो, स्टेरिङ सोझ्याउनु थियो, सोझ्यायौं ।

उहाँहरु दुई तिहाईको सरकार ढाल्ने, पार्टीको एकता भताभुङ्ग पार्ने र हर्स ट्रेडिङको खेल शुरु गर्ने र सधैं जोड–घटाउमा लगाउने योजनामा हुनुहुन्थ्यो । देशलाई त्यता जान नदिनका निम्ति जनताको इच्छा अनुसारको, अरुबाट संचालित होइन, आफैं संचालित हुने, जनताको मनोभावना अनुसार राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर अघि बढ्ने सरकार चाहिएको छ । सरकारले तीन वर्षदेखि संसदमा राखेका प्रस्ताव अघि बढेनन्, समितिमा छलफल समेत गरिएन । यो अस्वस्थ षडयन्त्रको चक्रबाट मुलुकलाई मुक्त गर्न प्रतिनिधिसभाको नयाँ चुनावको घोषणा भएको हो ।

अहिले साथीहरु सोध्नुहुन्छ, के प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ ? झण्डै दुई तिहाईको नेताले म ताजा जनादेशका लागि जान्छु भन्दा अरुले रोक्न मिल्छ ? पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ बा । हामीलाई चुहिएको छानोले भएन, नयाँ छानो चाहिएको छ । अर्को कुनै विकल्प छैन । संविधानको ७६ मा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी मिति तोक्ने भन्ने उल्लेख छ । उहाँहरुको भनाई होला, कसैले भन्ला प्रतिनिधिसभा पुनस्र्थापना भएर सरकार बन्छ, तर संविधान अनुसार नयाँ सरकार बन्ने ठाउँ नै छैन । यो सरकार गठन हुँदा संविधानका धाराहरुको प्रयोग पहिल्यै भइसकेका हुन् । अन्तिम विकल्पका रुपमा संविधानको धारा ७६(१) को सरकार बनेको हो, तर त्यसले काम गर्न सकेन, देशलाई अघि बढाउन सकिएन भन्ने हो । बाँकी अवधि खेर नफाल्न पनि यो नयाँ ताजा जनादेश चाहिएको हो । त्यसकारण यो फर्कने अवस्था छैन । मुद्दा त लड्न पाइन्छ, मुद्दा लड्नु एउटा कुरा हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसद बिघटन गरे, र मजाले बहुमत आयो । इजरायलमा पनि चुनाव हुँदैछ । यो प्रधानमन्त्रीले विघटन गर्न सक्छ । संसदीय प्रजातान्त्रिक मुलुकमा यो सामान्य, स्वाभाविक प्रक्रिया हो ।

मैले हिजो थाहा पाएँ, उनीहरुले हामी पो असली नेकपा भनेछन् । बरमझियाको असली पेडाजस्तो । कुन असली, कुन नक्कली ? अनेक नाममा असलीको दाबी बरमझियामा हुने गरेको छ ।

एक पटक चार्ली च्यापलिनको नक्कल गर्ने प्रतिस्पर्धा भएछ । चार जना छानिए, तर चार्ली आफैं भने छानिएनछन् । हाम्रो अदालत चार्ली च्यापलिन छुट्याउन नसक्ने अवस्थामा छैन । जुँगा हेरेर, कुम हल्लाएको हिसाबले, चार्ली च्यापलिन चिन्न सर्वोच्च अदालत, निर्वाचन आयोग र अन्य न्याय निरुपण गर्ने निकायलाई हम्मे पर्ला भन्ने मलाई लाग्दैन । 

सूर्य चिह्न हामीसँग हुन्छ, पार्टी हाम्रो हुन्छ । बहुमत छ भन्नु गफै त हो सम्धी भनेजस्तै हो । कुन महाधिवेशनले भन्यो उहाँहरुसँग बहुमत छ भनेर ? रेस्लिङ खेल्नु कता हो कता गाउन पहिले नै लिएर हिंड्ने गरेको देखिन्छ । उहाँहरुको पनि त्यस्तै हो, पहिल्यै माला लगाउने काम हुँदैछ । कसले भन्यो उहाँहरुसँग बहुमत छ भनेर ?

एउटा चोर घरभित्र पसेछ । राती घरभित्र भाँडा ठोक्किएछन् । म्याउँ गरेछ चोरले । बिरालो पो रहेछ भन्यो घरवालाले । अँध्यारोमा फेरि भाँडा जोडले बजेपछि टर्च बालेर हेर्दा त चोर पो । त्यसैले हामीले पनि म्याउँ गरेर उम्कन दिनु हुँदैन, यसपटक ठेगान लगाउनु पर्छ । पदका लागि मरिमेट्नेहरुका लागि देश जिम्मा लगाउन सकिन्न ।

मैले दुई जना केटाकेटी खेलेको देखेको छु । दुबैले गुडिया बोकेका थिए । एउटाले एकछिन खेल्न के दिएको थियो, मेरै हो दिन्न भनेछ । कस्तो प्रचण्डको डुप्लीकेट रहेछ ? के एकता गरिएको थियो, कार्यकारी के यसो दिएको थियो, सबै मेरै हो भन्न थाले ।

एकछिन जादुगरले त अनेक गर्छ । रुमाल, अन्डा अनेक देखाउँछ । यस्तै चटके काम गर्छन् उनीहरुले । म सबै अलमलमा परेका नेता कार्यकर्तालाई चटकेका पछि नलाग्न र फर्कन अनुरोध गर्दछु । माधवजी मसँग अध्यक्षमा हार्नु भएको थियो, अध्यक्ष बन्न कति हतारो ? उता गएर दोस्रो अध्यक्ष बन्नु भएछ । म भन्छु, विचार गर्नुहोस् फर्कनुहोस् । यदि नफर्कने हो भने भिरबाट लड्नेलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।