१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले टेष्ट मान्यता प्राप्त राष्ट्रविरूद्ध लगातार २ खेलमा नेपाली बलिङ युनिटले देखाएको प्रदर्शनले नेपाली क्रिकेटको अथाह संभावनाहरूलाई उजागर गरेको जनाउनु भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली बंगलादेशसँग पराजित भएपछि सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेख्नु भएको छ- जितमा सबै राम्रो र सही लाग्छ। हारमा त झन् खोट लगाउन सजिलो हुन्छ।

उहाँले लेख्नुभएको छ – खेलमा कि जित्छौ कि त सिक्छौं। यसपटक हामीले सिक्यौं । दोस्रो पटक विश्व कप खेलेको टिमको यो प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन। अबको पालो सिकाईलाई परिणाममा बदल्ने हो ।