• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण

पूर्वराष्ट्रपति भण्डारीबाट बकर इद पर्वको शुभकामना



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद उल अज्हा (बकर इद) पर्वको अबसरमा नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको उल्लेख गर्दे यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य भएको जनाउनु भएको छ । उहाँँले विविध भाषा, धर्म र संस्कृति अँगालेका जनता बिचको आपसी सद्भाव, एकता, सहिष्णुता र सम्मानपूर्ण सहअस्तित्वबाट नै हाम्रो राष्ट्रिय एकता अझ सबल र सुदृढ बन्न सक्ने उल्लेख गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूले मनाउने प्रमुख चाडहरूमध्ये एक इद उल अज्हा (बकर इद) को पावन दिन हो । यो चाडलाई मुख्यतया ध्यान, प्रार्थना र बलिदानको चाडको रूपमा लिइन्छ । यस चाडले मुस्लिम संस्कृतिमा विद्यमान परोपकार र साझेदारीको असल अभ्यासलाई समेत प्रतिबिम्बित गर्दछ ।