२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले गोरखामा पृथ्वी जयन्ती मनाउने, अध्यक्ष कमल थापा जाने



अ+ अ-

काठमाडौं । हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरि मनाउने भएको छ । २०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरि चियापान गर्दै आएको थियो ।

यसपटक गोरखामा हुने कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुने भएका छन् । थापा गोरखामा हुने र्यालीमा सहभागी भइ पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने र गोरखाबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् । नेपालीलाई नाम र पहिचान दिने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनमा हुने कार्यक्रममा गोरखाबासी स्वस्फूर्त रुपमा सहभागी हुने आफूहरूको अपेक्षा रहेको पनि श्रेष्ठले बताएका छन् ।

सोही दिन अध्यक्ष थापाबाट राप्रपा जिल्ला कार्यालयमा हुने पार्टीको झण्डा झण्डोत्तोलन र चुनाव चिन्ह हलोको अनावरण गर्ने तथा पार्टीका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिएका छन् ।