काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल-दाहाल समुहको स्थायी समिति बैठक बस्दै छ । नेकपा एमालेसंग पार्टी एकता पूर्ब एकिकृत नेकपा माओबादीको मुख्यालय रहेको पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा केपी ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गरेको बिरोधमा सुरु गरिएको आन्दोलनको समिक्षा र दोश्रो चरणको आन्दोलनको तयारी बारे छलफल हुने एक स्थायी समिति सदस्यले जानकारुी दिनुभयो ।
नेपाल-दाहाल समुहले पुस २० देखि माघ २३ गतेसम्म विभिन्न किसिमका आन्दोलनका गर्दे भन्दै कार्यतालीका सार्वजनिक गरेको छ ।











