काठमाडौं । प्रतिनिधिसभा बिघटनबारे सर्बोच्च अदालतमा आईतबार राष्ट्रिपति, प्रधानमन्त्री र समाभुखका तर्फबाट लिखित जबाफ पेश हुदै छ । संसद बिघटन बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा सुनुवाई गर्दे सबैधानीक ईजलासले पुस १९ गते भित्र लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।
अदालतले दिएको समयसीमा भित्र तीनै निकायले जबाफ पेश गर्न लागेका हुन् । राष्ट्रपतिका बिद्यादेबी भण्डारीका तर्फबाट राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रधानमन्त्रीको कार्यालय सहित महान्यायाधिवक्ताको कार्यालय मार्फत जवाफ पेस हुने छ भने सभामुख अग्नि सपाकोटाको तर्फबाट संसद सचिवालयमार्फत जवाफ पेश हुदै छ ।
राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट प्रतिनिघिसभा बिघटनलाई कानून सम्मत रहेको दाबी गर्दै जवाफ पेश गर्ने तयारी भईरहेको महान्यायधीबक्ता कार्यालयमा एक न्यायधीबक्ताले जानकारी दिनुभयो भने सभामुख सापकोटाका तर्फ बाट प्रस्तुत हुने जबाफमा प्रधानमन्त्रीको कदम असबैधानीक भएको जबाफ प्रस्तुत हने जनाईएको छ ।











