काठमाडौ । नेपाली काग्रेसका नेता शेखर कोइरालाका दाजु डा निरञ्जन कोइराला कोरोना भाइरसको सक्रमणका कारण निधन भएको छ । सक्रमणपछि भारतको नयाँ दिल्लीमा उपचार गराईरहनु भएका कोईरालाको आईतबार बिहान निधन भएको डा शेखर कोईरालोले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।
डा कोईरालाले लेख्नुभएको छ – मेरा आदरणीय दाजु निरुदाको आज विहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरु मर्माहत भएका छौं।म आफु आजबाट अभिभावक विहीन भएको छु।
उहाँको उपचारमा संलग्न चिकित्सकहरु प्रति धन्यवाद दिंदै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यका बारेमा पुछताछ गर्नुहुने सबैप्रति हामी आभारी छौं।











