२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल-नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा शुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल-दाहाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा शुरु भएको छ । नेकपा एमालेसँग पार्टी एकता गर्नुपूर्व एकिकृत नेकपा माओबादीको मुख्यालय रहेको  पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज अपरान्ह १ बजेबाट सो बैठक शुरु भएको हो । 

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन गरेपछिको विकसित राजनीतिक अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ । 

संसद विघटनको विरोध गर्दै दाहाल नेपाल समूहले त्यसका विरुद्धमा आन्दोलन शुरु गरिसकेको छ । सो समूहले प्रधानमन्त्री केपी ओली र वर्तमान सरकारका विरुद्धमा आन्दोलन जारी राखेका छन् 

यस बैठकमा सो समूहले शुरु गरीसकेको आन्दोलनको समिक्षा गर्ने र दोश्रो चरणको आन्दोलनको तयारी बारे छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् । 

दाहाल-नेपाल समूहले पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुनस्र्थापनाका लागि संघर्ष गर्ने गरी आन्दोलनको घोषणा गरेको छ । त्यस आन्दोलनको प्रभावकारिताका साथैआन्दोलनका थप कार्यक्रमका बारेमा छलफल गर्ने बताइएको छ ।