काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्तीमा पनि ३१५ ओटा बैठक नेकपा फुटाउन र सरकारका विरुद्धमा गलत प्रचार गर्नका लागि बसेको बताएका छन् । अनेरास्ववियूको बृहत कार्यकर्ता भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उनले भने, पार्टीलाई एकीकृत गर्न, सरकारलाई सहयोग गर्न होइन कि ३१५ बैठक त पार्टी फुटाउन बसेका थिए । नेकपाका अध्यक्ष ओलीले भने ती मध्येका २८० वटा बैठक त खुमलटारमै बसेका छन् । उनले केही नेता खुब मिलेजस्तो गर्ने, जता गएपनि संगै सगै जाने तर उनीहरुले पार्टी र सरकारलाई बदनाम मात्र गनैे गरे ।
प्रधानमन्त्री ओलीले नेकपाका नेताहरु प्रचण्ड र माधव नेपाललाई लक्ष्य गरेर यो अभिव्यक्ति राखेका हुन् । उनले आफ्ना विरुद्धमा बैठक गरेर पार्टीलाई घात पुर्याएको अरोप पनि लगाए । उनले तर यस्ता गलत बिचारहरु पराजित हने, लोकतन्त्र र गणत्त्रन बिरोधी शक्तिहरु कमजोर हुने बताए । पार्टीमा लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिनेहरु बलियो हुने पनि बताए । यो बर्ष लोकतन्त्रीक आन्दोलन बाम आन्दोलनको सृदृढिकरण हुने उनले बताए ।
प्रधानमन्त्री ओलीले तिनै षड्यन्त्रकारीहरुले नै निर्वाचन नहुने भ्रम छर्ने गरेको बताए । उनले भने केही शक्ति भ्रम ल्याउन खेजिरहेका छन्, भ्रममा नपर्नु बैशाख १७ र २७ मा निर्बाचन हुन्छ ।











