२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१५ बैठक त पार्टी फुटाउने षड्यन्त्र गर्न बसे : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्तीमा पनि ३१५ ओटा बैठक नेकपा फुटाउन र सरकारका विरुद्धमा गलत प्रचार गर्नका लागि बसेको बताएका छन् ।  अनेरास्ववियूको बृहत कार्यकर्ता भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उनले भने, पार्टीलाई एकीकृत गर्न, सरकारलाई सहयोग गर्न होइन कि ३१५ बैठक त पार्टी फुटाउन बसेका थिए ।  नेकपाका अध्यक्ष ओलीले भने ती मध्येका २८० वटा बैठक त खुमलटारमै बसेका छन् । उनले केही नेता खुब मिलेजस्तो गर्ने, जता गएपनि संगै सगै जाने तर उनीहरुले पार्टी र सरकारलाई बदनाम मात्र गनैे गरे । 

प्रधानमन्त्री ओलीले नेकपाका नेताहरु प्रचण्ड र माधव नेपाललाई लक्ष्य गरेर यो अभिव्यक्ति राखेका हुन् । उनले आफ्ना विरुद्धमा बैठक गरेर पार्टीलाई घात पुर्याएको अरोप पनि लगाए ।  उनले तर यस्ता गलत बिचारहरु पराजित हने, लोकतन्त्र र गणत्त्रन बिरोधी शक्तिहरु कमजोर हुने बताए । पार्टीमा लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिनेहरु बलियो हुने पनि बताए । यो बर्ष लोकतन्त्रीक आन्दोलन बाम आन्दोलनको सृदृढिकरण हुने उनले बताए । 
 
प्रधानमन्त्री ओलीले तिनै षड्यन्त्रकारीहरुले नै निर्वाचन नहुने भ्रम छर्ने गरेको बताए । उनले भने केही शक्ति भ्रम ल्याउन खेजिरहेका छन्, भ्रममा  नपर्नु बैशाख १७ र २७ मा निर्बाचन हुन्छ ।