२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा फर्किनुस् तपाईहरुले गरेका अपराधहरु माफी गरिदिउँला :प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दाहाल नेपाल समूहका नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । तर उनले सो आग्रह बडो ब्यंग्यात्मक रुपमा गरेका हुन् ।  

आज राजधानीमा आयोजित अनेरास्ववियूको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, तपाईँहरु यस्तो जाडोमा मण्डेलातिर भौँतारिनुपर्दैन, गल्ती त गरिहाल्नुभयो, तर आउनुस् हामी तपाईहरुका अपराधहरु माफी गरिदिने छौँ ।

यसअघि उनले पार्टीलाई एकीकृत गर्न, सरकारलाई सहयोग गर्न होइन कि ३१५ बैठक त पार्टी फुटाउन बसेका आरोप लगाएका थिए । त्यस्ता गतिविधि गरेर कसैलाई पनि फाइदा नपुग्ने भन्दै उनीहरुलाई पार्टीमै फर्किन भनेका हुन ।

प्रधानमन्त्री ओलीले भने- हामीले तपाईहरुले जस्तो कसैलाई पार्टीबाट निकालेका छैनौँ, तपाईहरु कुर्सी चाहिने मानिस हो भन्ने हामीलाई थाहै छ र ती कुर्सी पनि सुरक्षित राखिदिएका छौँ, त्यसैले आउनुहोस् ।  तर कार्यकारी भन्ने चाहिँ हामीले अति नै भएर झिकिदिएका छौँ, अनि प्रवक्ताले पनि निकै च्याईं च्याईं गर्ने गरेकाले झिकिदिएका छौँ, अरु सुरक्षित छन् आउनुहोस् ।  

प्रधानमन्त्री ओलीले तिनै षड्यन्त्रकारीहरुले नै निर्वाचन नहुने भ्रम छर्ने गरेको बताए । उनले भने केही शक्ति भ्रम ल्याउन खेजिरहेका छन्, भ्रममा  नपर्नु बैशाख १७ र २७ मा निर्बाचन हुन्छ ।