२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् –प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् भन्ने आशय सहित प्रतिनिधिशभा बिघटन बारे परेको रिटमा सर्बोच्च अदालतमा जबाफ पेश गर्नुभएको छ ।  अदालतमा बुझाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले  आफूलाई काम गर्न अप्ठेरो परेकाले संसद विघटन  गरी जनतामा जाने निर्णय लिनु परेको जनाउनु भएको छ ।

 लिखित जवाफमा भनिएको छ  म प्रधानमन्त्री निर्वाचित हुनासाथै पार्टीका केही नेताबाट सरकार, संसद, संसदीय दल र पार्टी सञ्चालनमा योजनावद्ध र षड्यन्त्रपूर्ण रुपमा असहयोग, अवरोध र हस्तक्षेप हुन थाल्यो ।

सर्बोच्च अदालतमा बुझाईएको जबाफमा प्रधानमन्त्री ओलीले  प्रतिनिधिसभा, संसदीय दल र पार्टीभित्रबाट भएको असहयोगले बन्धक अवस्थामा पुलेको मुलुकलाई नवरक्तसञ्चार गराउन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि जानुपर्ने बाध्यात्मक अवस्था आइपरेको  जनाउनु भएको छ । उहाले भन्नुभएको छ– बाध्यतावश म प्रतिनिधिसभा विघटन गरी सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष जाने निर्णयमा पुगेको हुँ । 

 

लिखित जवाफ (नेपाल प्रेसबाट साभार)