काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ एमएमको पेस्तोलको ५० राउन्ड गोली र पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ ।
सोमबार काठमाडौंबाट श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर-२ का उनीहरु नाताले आमाछोरा रहेको जनाएको छ । मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जान लागेका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएदा थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो।
अहिले उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको बाँस्तोलाले जानकारी दिए।











