८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरू सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेको भन्दै हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

संविधान विपरीत मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवती रमण भण्डारी, सङ्कल्प प्रस्तावका समर्थक गणेश प्रसाद उप्रेती, सङ्कल्प प्रस्तावका समर्थक किशोर चन्द्र दुलाल लाई विपक्षी बनाएका छन् ।

आज कार्कीका कानुन व्यवसायी र सरकारी वकिलहरूले बहस गर्ने छन् ।उनीहरूको बहस सकिएपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ। अन्तिममा रिट निवेदकहरूले जवाफी बहस गर्दै सुनुवाइ सकिने छ। सुनुवाइ सकिएपछि मुख्यमन्त्रीको बारेमा जारी विवादमा सर्वोच्चले निकास दिने छ।

सर्वोच्चले रिट जारी गरेमा पुन मुख्यमन्त्रीमा केदार कार्कीले प्रवेश पाउने छन भने खारेज गरेमा हिक्मत कार्की नै निरन्तर हुने छन् ।