१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रपछि विकासका बहुआयामिक द्वार खुलेका छन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



अ+ अ-

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रर्दशनीको आज अवलोकनपछि उहाँले पूर्वाधार विकास, जलविद्युत्लगायत क्षेत्रमा बहुआयामिक विकासका द्वार खुलेका बताउनुभयो ।

“गणतन्त्र आएपछि केही पनि भएको छैन भन्ने जुन नकारात्मक भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न प्रर्दशनमा राखिएका केही नमूना तस्बिरले महत्वपूर्ण सामग्रीका रुपमा काम गरेको छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “गणतन्त्र आएपछि देशमा निरन्तर बहुआयामिक परिर्वतनका द्वारहरु खुलेका छन्, विकासका प्रयासहरु भएका छन्, कुनैमा नजिता प्राप्त भएको छ, कुनै निर्माणाधीन अवस्थामा छन् ।”

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालमा विकासको सम्भावना तथा विकास गर्न सकिन्छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले स्पष्टरुपमा देखाएको बताउनुभयो । उहाँले नेपाल विकासको चरणमा प्रवेश गरेको तस्बिरले देखाएको बताउनुभयो । “राससले आयोजना गरेको ‘गणतन्त्रपछिको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक फोटो प्रदर्शनी निकै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँका तस्बिर हेरेपछि नेपाल विकासको चरणमा छ भन्ने स्पष्ट हुन्छ ।”रासस