१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिका गर्यो सिंहदरबारभित्रबाट चार बालश्रमिकको उद्धार



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताउनु भयो ।

उहाँले चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताउनु भयो । उहाँले महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताउनु भयो ।

उहाँले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताउनु भयो । उहाँले भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताउनु भयो ।उहाँले बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताउनु भयो ।

उहाँले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताउनु भयो । उहाँले दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताउनु भयो । उहाँले महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ दुःखको कुरा हो । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र हो । सिंहदरबारमा नागरिकता नलिई छिर्न पाउँदैन । नक्कली नागरिकता देखाउँदा पनि छिर्न पाउँदैनन । सक्कल नै देखाउनुपर्छ । भित्रबाट कसैले जिम्मा लिएर छिर्न पाउने ठाउँमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई कसरी काममा लगायो । सोचनिय विषय हो । यसले धेरै किसिमको सुरक्षा देखि लिएर फेसलाई उजागर गरिदिएको छ । भारतीय बालबालिका थिए भन्ने गुनासो आएको थियो । तर अनुगमनका क्रममा देख्न पाएनौं । यसलाई जारी राख्छौं । महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर छ ।

महानगरपालिका सिंहदरबार वा व्यक्तिगत घर भन्दैनौं जहाँ पनि बालबालिका माथि भइरहेको शोषण गरिएको छ । त्यसका विरुद्ध उद्वार कार्य जारी रहन्छ । आज अन्तर्राष्ट्रिय बाल श्रम विरुद्धको दिवसकै दिन सूचना आयो । महानगरको दिवस विशेषमा काम गर्ने बानी छैन । दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गछौं ।

आज सिंहदवारबाट दुई जना बालक र दुई जना बालिका चार जनालाई उद्वार गरौं । श्रम सम्झौता विना तथा उमेर नपुगी काममा राखिएको रहेछ । बालबालिकाहरुको नागरिकता देखाउन सक्नु भएको छैन । एक जनाले नागरिकता देखाए पनि १६ वर्ष मात्रै पुगेको छ । सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेका छौं ।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।