९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरता र अराजगताको जगमा राष्ट्र बन्न सक्दैनः महासचिव पोखरेल



अ+ अ-

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिरता र अराजगताको जगमा राष्ट्र बन्न नसक्ने ठोकुवा गर्नुभएको छ ।

नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै महासचिव पोखरेलले देशमा कहिल्यै स्थिर सरकार नबन्नाले राष्ट्रको उन्नति र प्रगति रोकिएको दाबी गर्नुभयो ।

देशमा प्रधानमन्त्री एक बर्ष पनि नटिक्ने, एउटा मन्त्रीले ६ महिनापनि काम गर्न नपाउने अवस्था भएपछि विकास योजना ठप्प हुनु अस्वाभाभिक नहुने पोखरलको तर्क थियो ।

मतका हिसाबले सबैभन्दा ठूलो पार्टी बनेको एमालेले पनि कुल मतको स्थानीय तहमा ३३ प्रतिशत र आम निर्वाचनमा २७ प्रतिशत मत पाउनुले कुनै पार्टीले बहुमत प्राप्त गर्न नसकेको पोखरलेको भनाई थियो ।

ठूलो पार्टी बन्दा कम्तिमा ४० प्रतिशत मत प्राप्त गर्न सकेमा मात्र केही स्थिरतामा सहयोग हुने भाव पोखरेलले व्यक्त गर्नुभयो ।

छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सि जिन पिङ ३ कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा बिडम्बना भएको पोखरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको राजधानी काठमाडौंमा जनताले भोट दिएर राम्रो मत ल्याएको पार्टीले पाँच बर्षमा जमानत जोगाउन नसक्ने स्थिति हुनुले जनता बढी जिम्मेवार हुनुपर्दछ । अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजगतालाई स्थान दिएको छ । त्यसैले विचार र सिद्धान्त भएको पुरानै पार्टीमा नयाँ नेतृत्व खोजेर नयाँ बनाउन सकिन्छ ।”

स्वतन्त्र नाम गरेर स्वतन्त्र पार्टी खोेलेर जनता ढाट्नु अराजगताको अर्को नमूना भएको महासचिव पोखरेल दावी गर्नुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलेसहित एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर इञ्चार्ज शेर बहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल, संघीय सांसद तथा वागमती प्रदेश कमिटी उपसचिव प्रेम बहादुर महर्जन, बागमती प्रदेश कमिटी सदस्यहरु सरोज डंगोल र रामहरी बजगाई, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, महालक्ष्मी नगरप्रमुख हरिगोविन्द महर्जन, महालक्ष्मी नगरस्तरिय विभिन्न पार्टी प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनको बन्द सत्रका लागि २०० सदस्य प्रतिनिधिको रुपमा चयन गरिएको छ । उक्त पालिका कमिटीको दोस्रो अधिवेशनबाट ७५ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।