• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक भोलि र पर्सि बस्ने आज कार्यसम्पादन



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज सम्पन्न भएको छ ।

बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ । बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदन,सुशासन बिभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निबारण नागरिक आयोग सम्बन्धि राप्रपा नेपालको अबधारणा पत्र , बिजय महासेठद्वारा प्रस्तुत तराई मधेस उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले कृषि बिकास र भुमी ब्यबस्थापन सम्बन्धि राप्रपा नेपालको बैकल्पिक मोडल प्रस्तुत गरेका थिए ।

पार्टीको केन्द्रीय समितिको बैठक भोलि र पर्सी काठमाडौंमा बस्नेछ ।