१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो: सांसद कंसाकार

जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायो: सांसद कंसाकार
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गर्नुभयो । उहाँले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टी जनाउनु भयो ।

उहाँले जलन मानवको सृष्टिसँगै शुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताउनु भयो । उहाँले आफँैले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दु:खी तुल्याएको बताउनु भयो । उहाँले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताउनु भयो । उहाँले जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट गर्दछु। जलनबाट घाइते हुनेहरुको संख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा जेष्ठ नागरिकको सख्या धेरै छ । जलन मानवको सृष्टिसँगै शुरु भएको दुर्घटना परम्परा हो । कहिले काँही अपराधमार्फत पनि हुन्छ तर अधिकांश जलन दुर्घटनाबाट हुन्छ । त्यसको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । आफैले जलनको पीडा भोगेकाले राम्रोसँग बुझेको छुु । प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भनेको तर बजेटका त्यो प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुखी तुल्याएको छ । सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि पर्याप्त छैनन् । जलनको उपचार धेरै महँगो छ । जलन दुर्घटनामा मुत्यु हुने भुईमान्छेहरु धेरै छन् । अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने ?काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? यस्तो संवेदनशिल विषय बजेटमा नसमेट्नु लज्जास्पत मात्रै नभएर अमानवियता हो ।’

उहाँले अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? भन्दै प्रश्न गर्नुभयो ।