३० कार्तिक २०८२, आईतवार
,
Latest
सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन ‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए शान्ता चौधरीको अचारको आउटलेटमा आगलागी सुनसरी पुगेर अध्यक्ष लिङ्देनले फेरि भने–चुनाव अघि नै राजा, जेन–जी र राजनीतिक दलबीच नयाँ समझदारी… मधेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण : सर्वोच्चको आदेश आजै आउन सक्ने ‘खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि पुस्तौँदेखिको समस्या अन्त्य भएको छ’ कुखुरापालनबाट मासिक एक लाख आम्दानी प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह पूर्वपश्चिम राजमार्गको विकल्प बन्दैछ हुलाकी सडक 
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा महत्वकांक्षा बढ्दा व्यवस्थामाथि संकट पैदा हुन्छ: सांसद गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताउनुभएको छ । उहाँले नेपाली सेनाको महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताउनु भयो ।

उहाँले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकुल सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीहरु त्यस्तो संवेदनशील जुन अङ्ग छ, जुन संस्था, संरचना छ नेपाली सेना । त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसावले यो कुरा कत्तिको जायज हो ? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरी त्यस्तो महत्वकांक्षा बढ्दाखेरी के हुन्छ ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौँ नि । अहिले उसको काम त राम्रो होला । विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ ।’

‘नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ । त्यहाँभित्रका धेरै कुराहरु लोकतान्त्रिकरण हुन सकेका छैनन् । त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई । यसको आन्तरिक जिवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ । राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाको मात्रै हो भन्ने बुझाइ त्यहाँका ठूला हाकिमहरुको पनि छ । हाम्रो नेताहरुको, पार्टीहरुको पनि छ । राष्ट्रिय सुरक्षा भनेको खालि नेपाली सेनाको मात्र होइन, नेपाल प्रहरी छ । सशस्त्र छ । राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्ने, ऐनमा समयानुकुल सुधार गर्नुपर्ने केही छ भने सुधार गर्नुपर्‍यो । सुधार गरेको देखिदैन । लोकतान्त्रिकरण गरेको देखिँदैन ।’

सांसद गुरुङले सबै मन्त्रालयका बजेटहरु परम्परावादी भएको बताउनु भयो । उहाँले बजेट मन्त्रालयका सचिव, सहसचिवहरुले बनाएको देखिने भन्दै त्यसबाट माथि उठ्न बजेट निर्माणमा मन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताउनु भयो ।