• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ: श्रममन्त्री अर्याल ★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला ★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न एमाले सांसद पन्तको माग



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीसँग भएको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै उनले नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए ।

उनले भने,‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ । नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् ? त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’