• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने

टी–२० विश्वकपः ८ भारतीय मूलका खेलाडी लिएर पहिलोपटक भारतसँग भिड्दै अमेरिका



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिका र भारतबीच प्रतिस्पर्धाको इतिहास छैन । टी–२० विश्वकप क्रिकेटको मैदानमा आज अमेरिका र भारत पहिलो पटक आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

पहिलो विश्वकप खेलेको अमेरिकाले आफ्नो नतिजाबाट सबैलाई चकित बनाएको छ । टोलीले पहिले क्यानडा र त्यसपछि पाकिस्तानलाई हरायो ।

भारतविरुद्धको अमेरिकी टोलीको अर्को अचम्मको कुरा छ । यस टोलीमा ८ खेलाडी भारतीय मूलका छन् । जसमा कप्तान मोनांक पटेल, हरमित सिंह, जसप्रीत सिंह, नोस्थुश केन्जिगे, नितिश कुमार, मिलिन्द कुमार, सौरभ नेत्रावलकर र निसर्ग पटेल समावेश छन् ।

पाकिस्तानी मूलका दुई खेलाडी अली खान र शायन जहाँगीर पनि छन् ।

लिग राउण्डमा भारतको यो तेस्रो खेल हो र टीम इन्डियाले दुई खेल जितेको छ । भारतले आयरल्याण्ड र पाकिस्तानलाई हराएको छ । यदि भारतीय टोलीले अमेरिकाविरुद्धको खेल जित्यो भने सुपर ८ राउण्डमा पुग्नेछ । यस्तै समीकरण अमेरिकामा पनि छ ।

पिचको व्यवहारमा कुनै परिवर्तनको सम्भावना छैन । यसले ब्याट्सम्यानका लागि अहिलेसम्म जस्तै समस्या सिर्जना गर्नेछ । मौसम सफा रहनेछ ।

प्लेयर्स टु वाचः
विराट कोहली – विराट कोहलीले प्रतियोगितामा एक हजारभन्दा बढी रन बनाएका छन् । उनले टी–२० विश्वकपका २७ खेलमा १४ अर्धशतक बनाएका छन् ।

रोहित शर्मा – रोहितले टी–२० विश्वकपमा एक हजारभन्दा बढी रन बनाएका छन् । उनी कोहली (११४६) पछि भारतका दोस्रो सर्वाधिक स्कोरर हुन् । रोहितले पछिल्लो खेलमा पाकिस्तानविरुद्ध १३ रन बनाएका थिए । रोहितको टी–२० अन्तर्राष्ट्रियमा ४०३९ रन रहेको छ ।

जसप्रित बुमराह– जसप्रित बुमराहले यो विश्वकपमा ५ विकेट लिएका छन् । पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ३ विकेट लिएर खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

आरोन जोन्स – क्यानडाविरुद्धको खेलमा आरोन जोन्सले ४० बलमा ९४ रन बनाए । इनिङ्समा १० चौका र ४ छक्का प्रहार गरेपछि अमेरिकाले खेल ७ विकेटले जित्यो ।

सौरभ नेत्रभल्करः जुन ६ मा अमेरिका र पाकिस्तानबीच भएको खेल ऐतिहासिक बन्यो । अमेरिकाले टस जितेर बलिङ रोजेको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै १५९ रन बनाएको थियो । पछ्याउन आएका अमेरिकाका कप्तान मोनांक पटेलले अर्धशतक बनाए । खेल २० औं ओभरमा टाई भएको थियो । खेल सुपर ओभरमा गयो ।

सुपर ओभरमा अमेरिकाले १८ रन बनाएको थियो । कप्तान मोनांक पटेलले १८ रन बचाउनका लागि सौरभलाई बल थमाए । सौरभले सुपर ओभरमा मात्र १३ रन दिए र अमेरिकाले पाकिस्तानलाई यस विश्वकपको सबैभन्दा ठूलो अपसेटमा पराजित गर्‍यो । सौरभ खेलको सुपर हिरो बने । मुम्बईमा जन्मेका सौरभले भारतका लागि अन्डर–१९ र रणजी खेलेका छन्, उनले टी–२० अन्तर्राष्ट्रियमा ११ विकेट लिएका छन् ।