• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा

सोनाक्षीको बिहेबारे आफ्नै बुबालाई थाहा छैन



एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बिहेको खबरका बीच पिता शत्रुघ्न सिन्हाको प्रतिक्रिया आएको छ ।

शत्रुघ्नले आफ्नी छोरी सोनाक्षीले बिहेको बारेमा अहिलेसम्म कुनै जानकारी नदिएको बताएका छन् ।

एक अन्तर्वार्तामा शत्रुघ्नले यस खबरमा जस्तो प्रतिक्रिया दिएका छन् त्यसबाट यो सम्बन्धमा शत्रुघ्न खुसी नभएको पनि अनुमान गरिएको छ । साथै छोरीसँगको सम्बन्ध पनि राम्रो चलिरहेको छैन भन्ने अनुमान गर्न सकिन्छ ।

जुमलाई दिएको अन्तर्वार्तामा शत्रुघ्नले भने, ‘म अहिले दिल्लीमा छु । चुनावी नतिजा आएदेखि नै म यहाँ छु । अहिले सम्म छोरीको विवाहको बारेमा मैले मिडियामा पढेको जानकारी मात्रै हो । सोनाक्षीसँग मैले अहिलेसम्म यस विषयमा कुरा गरेको छैन । न त उनले अहिलेसम्म मलाई यसबारे कुनै जानकारी दिएकी छन् ।’

अभिनेताले थपे, ‘जब पनि सोनाक्षीले मसँग यसबारे कुरा गर्छिन्, मेरो आशीर्वाद उनीसँग हुनेछ । हामी चाहन्छौं कि उनले संसारका सबै सुखहरू प्राप्त गरुन् ।’

सोनाक्षीले आफ्नो पार्टनर तथा बलिउड अभिनेता जहीर इकबालसँग जुन २३ मा मुम्बईमा विवाह गर्ने चर्चा छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् । यो उत्सव बेस्टियन, मुम्बईमा हुन सक्छ । यो रेष्टुरेन्टकी मालिक बलिउड अभिनेत्री शिल्पा शेट्टी हुन् ।