• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रश्ताव पेश



file photo

काठमाडौँ । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रश्ताव पेश गर्नुभएको हो । उहाँले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुपरेको बताउनु भयो ।

सांसद शेर्पाले भन्नुभयो, ‘नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आईरहेका छन् । गएको महिना बैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भिर र २ हजार २३४ जना सामान्य घाईते भएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ५ हजार ९४ जना गम्भिर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरेको छ । तसर्थ सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचारको, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको हो । ’

प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ । सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको प्रश्तावक सांसद शेर्पा रहनुभएको छ भने सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहनु भएको छ ।