१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रश्ताव पेश

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रश्ताव पेश
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको छ ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रश्ताव पेश गर्नुभएको हो । उहाँले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुपरेको बताउनु भयो ।

सांसद शेर्पाले भन्नुभयो, ‘नेपालमा हरेक वर्ष सवारी दुर्घटना र त्यसबाट भएको जनधनको क्षतिको बारेमा समाचार आईरहेका छन् । गएको महिना बैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको छ भने ४८७ जना गम्भिर र २ हजार २३४ जना सामान्य घाईते भएका छन् । चालू आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ५ हजार ९४ जना गम्भिर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरेको छ । तसर्थ सवारी दुर्घटनालाई न्युनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचारको, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको हो । ’

प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ । सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको प्रश्तावक सांसद शेर्पा रहनुभएको छ भने सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहनु भएको छ ।