११ माघ २०८१, शुक्रबार
,
Latest
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई दिए वरिष्ठ कलाकार हरिवंशले शुभकामना



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्जिमा हुने खेलहरुमा सहभागी हुने भएपछि सन्दीप लामिछानेलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले शुभकामना दिएका छन् ।

सन्दीप लामिछाने नेपाली टोलीमा सहभागी हुन आज मात्र वेस्ट इन्डिजमा पुगेको सार्वजनिक भएलगत्तै वरिष्ठ कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन् ।

लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका छन् । यो लगत्तै हरिवंश आचार्यले शुभकामना दिएका हुन् ।

वरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसअघि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति आपत्ति जनाउँदा पछि मागी माग्नुपरेको थियो । अहिले पनि सन्दीपलाई विश्वकपमा सहभागी हुन्छ कि हुँदैन भन्नेमा नेपालीको जनमत विभाजित छ ।

हरिवंशले दिएको शुभकामनामा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

सन्दीप वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुनेछन् ।