१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महासंघ नेतृत्व महासंघलाई अमूक संगठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ भन्ने प्रमाणित’



अ+ अ-

काठमाडौँ । पत्रकारका विभिन्न संघ संगठनले निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा नेपाल पत्रकार महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको ठहर गरेको छ ।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

यस्तै, सदस्यता विवाद देखाएर महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको आरोप समेत लगाएका छन् ।

यस्तै, यी संगठनले महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् ।

सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएकोमा महासंघले आफ्नो कर्तव्य पूरा नगरेको कारण अहिलेको परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।