१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ

भिर मौरी र पदयात्रालाई पर्यटनसँग जोड्दै टाप गाउँ
अ अ+ अ-

गण्डकी । एकै ठाउँमा मिलेर बसेका ९४ वटा घर जसमध्ये ९० वटा गुरुङ समुदायका छन्भने बाँकी चार घर दलित समुदायका । लम्जुङको दोर्दी गाउँपालिका–८ स्थित रमणीय गाउँका रुपमा रहेको टाप यस क्षेत्रको प्राचीन गाउँ हो ।

परम्परागत कला, संस्कृतिका साथै प्राकृतिक सौन्दर्यताका कारण धेरै पर्यटकीय सम्भावना रहेर पनि उचित प्रचारप्रसारको अभावमा यहाँको मौलिक पहिचान अझै उजागर हुन सकेको छैन । गाउँको प्रवर्द्धनसँगै पर्यटकीय उपयोगका लागि समयसमयमा विभिन्न प्रयास भए पनि त्यसले अझै सार्थकता पाउन नसकेको स्थानीय समाजसेवी एवं दोर्दी गाउँपालिका–८ का पूर्ववडा सदस्य सुकबहादुर गुरुङले बताउनुभयो ।

“टाप गाउँ प्राकृतिक सुन्दरतासँगै आफैँमा मौलिक संस्कृतिले सम्पन्न ठाउँ हो”, उहाँले भन्नुभयो, “गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नसक्दा हामी अझै पनि बत्तीमुनिको अँध्यारो जस्तै बनेका छौँ ।”

प्राचीनकालदेखि गाउँमाथिका भिरमा हुने गरेको भिर मौरीको सिकारको पर्यटकीय महत्व छ । यहाँबाट नजिकै रहेका प्रसिद्ध बराह पोखरी, लम्जुङको उत्तरपूर्वी कुनामा पर्ने मेमे पोखरी यहाँको पहिचानसँग जोडिएका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

टाप गाउँबाट लगभग पाँच घण्टाको हिँडाइमा बराह पोखरी पुुग्न सकिन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७ र दोर्दी गाउँपालिका–८ को सिमानामा पर्ने यो पोखरी समुन्द्री सतहबाट दुुई हजार आठ सय मिटरको उचाइमा अवस्थित रहेको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वरपर लालीगुराँसले ढाकिएको बराह पोखरीमा पात खस्नासाथ चराले टिपेर बाहिर फाल्ने भएकाले यसको महिमा र गरिमा अझै बढेको छ ।

बराह पोखरीमा श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासले पनि धार्मिक महत्व चुलिएको स्थानीयवासी बताउँछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा नि:सन्तालाई सन्तान प्राप्त हुने जनविश्वासले यसको धार्मिक महत्व बढाएको छ । टाप गाउँभन्दा माथि अन्य बस्ती नभएका कारण बराहपोखरी जाने धार्मिक पर्यटकलाई लक्षित गरी यो गाउँमा घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गर्ने आफूहरूको सोच रहेको गुरुङले बताउनुभयो ।

गाउँभन्दा माथिका चिन्मी, तिजे, छौंदी जस्ता भिरहरूमा पर्याप्त भिर मौरी पाइने र यी ठाउँमा परम्परागत रुपमा वार्षिक भिर मौरीको सिकार गर्ने गरिएको दोर्दी गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताउनुभयो । टाप गाउँमाथिका भिरमा परम्परागत रुपमा हुने गरेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्ने प्रयासमा लागिरहेको उहाँले बताउनुभयो ।

कतिपय ठाउँमा भिर मौरीको सिकार पछिल्ला पुुस्तामा पुस्तान्तरण हुन नसकेका अवस्थामा टाप गाउँमा भने यो सीप पुस्तान्तरण भएको पाइन्छ । एउटा भिर मौरीको सिकार गर्न करिब ६० देखि ७० जनासम्म आवश्यक हुनेमा टाप गाउँमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म यसमा संलग्न हुने गरेको स्थानीय युवा जगतराम गुरुङले जानकारी दिनुभयो ।

भिर मौरीको मह प्रतिलिटर रु दुई हजार बिक्री हुने गरेको बताउनुभयो । साहसिक पर्यटनको एउटा महत्वपूर्ण गतिविधिका रुपमा रहेको भिर मौरी सिकारलाई पर्यटनसँग जोड्न सकेमा पनि यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

बराह पोखरीबाट माथि दुई दिनको पदयात्रामार्फत अर्को धार्मिक पर्यटकीय गन्तव्य मेमे पोखरी पुग्न सकिन्छ । हिउँचुली हिमालको पानी आउने मेमे पोखरीमा प्रत्येक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । विशेषगरी लमजुङकै गुरुङ तथा तामाङ समुदायले मेमे पोखरीलाई विशेष महत्वको धार्मिक तीर्थस्थलका रुपमा लिने गर्दछन् ।

मेमे पोखरी दर्शन गरिसकेपछि बराह पोखरीको दर्शन नगरे मेला पूरा नहुने विश्वासका कारण यी दुई पोखरीको अन्योन्याश्रित सम्बन्ध रहेको छ । कृषिप्रतिको अनिच्छाका कारण ग्रामिण बस्तीका जग्गाहरू बाँझो भए पनि टाप गाउँका स्थानीले बाँदरलगायत समस्याका बाबजुद मकै, कोदोलगायत खेतीपातिलाई निरन्तरता दिँदै आएका छन् ।

भिरमौरीका साथै पदयात्रा पर्यटनको गन्तव्यका रुपमा टाप गाउँको पर्यटकीय विकास गर्न सकिने दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । यस क्षेत्रलाई पदयात्रा पर्यटनको गन्तव्य बनाउनका लागि टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० सँगको सहकार्यमा दोर्दी, बारापाक सुलिकोट, अजिरकोट र दूधपोखरी गाउँपालिकाको समन्वयमा १६ दिनसम्मको पदयात्रा मार्ग तय गर्नेगरी प्रयास अघि बढेको उहाँले जानकारी दिनुभयो ।

सडक निर्माणसँगै पदयात्रा मार्गहरू छोटिएको वर्तमान सन्दर्भमा प्रस्ताव गरिएका पदमार्ग विकास हुन सके यो क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष अधिकारीको भनाइ छ । उहाँका अनुसार पदमार्गअन्तर्गत नौथर सेराबाट इलम पोखरी, लिपे, नोटाँचे, मुलम्चे, उखण्ड, मेमे पोखरी, कुम्लेडाँडा हुँदै बराह पोखरी जोड्न सकिन्छ । त्यस्तै इलम पोखरीबाट नोटाँचे, नौथर सेराबाट दाम्राङ, लिपे हुँदै नोटाँचे जस्ता विभिन्न पदमार्गलाई जोड्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

टाप गाउँ पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ भएकोले यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आवश्यक सहयोग गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोख्रेलले बताउनुभयो । “टाप गाउँलाई भिर मौरीको सिकारको गन्तव्यसँगै पदयात्रा पर्यटनसँग जोड्न सकिने धेरै सम्भावना छन्”, उहाँले भन्नुभयो, “गाउँका प्राचीन मौलिकता कायमै रहने गरी सुरुमा घरवास९होमस्टे० सञ्चालन गर्न आवश्यक छ ।”

टापमा घरवासको सञ्चालन एवम् यहाँको पर्यटन प्रवर्द्धनका लागि बोर्डका तर्फबाट आवश्यक सहयोगका लागि पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । भिरमौरी सिकारकै सम्भावना देखेर नेपाल पर्यटन बोर्डले दोर्दी गाउँपालिकालाई यहाँको भिरमौरी सिकारको प्रवर्द्धनका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

दोर्दी गाउँपालिकाको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टाप गाउँ माथि छौँदी भीरमा भिरमौरी सिकार महोत्सव २०८१ सम्पन्न भइसकेको छ । यसलाई आगामी वर्षमा पनि यस महोत्सवलाई पर्यटकीय रुपमा अघि बढाइने स्थानीय समाजसेवी सुकबहादुर गुरुङले बताउनुभयो । रासस