२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरुलाई गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।

बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको बताउनु भएको हो।

सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उहाँले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह पनि गर्नुभयो। कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।

‘भन्सारमा कसरी अबैध काम भइरहेको छ? गैर–व्यवसायिक काममा को–को संलग्न छन्? उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन्?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भन्नुभयो– ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस्।’

जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिनुभयो।

यस्तै, उहाँले खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तिरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो।