१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान खेलमा खेलाडीले राष्ट्रपति स्तरको सुरक्षा पाउने



अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई क्रिकेट विश्वकै सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिन्छ ।

सन् २०२४ को टी–२० विश्वकपमा दुवै टोली आज आइतबार अर्थात जुन ९ मा न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार ८ः१५ बजे आमनेसामने हुँदैछन् ।

यी दुईबीचको खेल हुनुअघि आतंकवादी संगठन आइएसआईएसबाट धम्की आएको थियो, त्यसलाई ध्यानमा राख्दै खेलाडीको सुरक्षामा कयौं गुणा वृद्धि गरिएको छ । खेलका क्रममा खेलाडीलाई अमेरिकी राष्ट्रपतिजस्तै सुरक्षा उपलब्ध गराइनेछ ।

भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण करिब १२ वर्षअघि दुवै देशका टोलीले पछिल्लो पटक द्विपक्षीय सिरिज खेलेका थिए । दुई टोलीबीचको भिडन्त आइसीसी वा एसीसी प्रतियोगितामा हुने गरेको छ । यस्तो अवस्थामा भारत र पाकिस्तानबीचको खेल सुरक्षाको दृष्टिकोणले बढी महत्वपूर्ण हुन्छ ।

यो खेलअघि सुरक्षामा धेरै ठूला प्रश्न उठेका थिए । तर, खेलअघि स्थानीय प्रशासनले खेलाडी र खेल हेर्ने दर्शकको सुरक्षामा जोड दिएको छ । नासाउ काउन्टीका प्रहरी आयुक्त प्याट्रिक राइडरले सञ्चारमाध्यमसँग कुरा गर्दै यो सुरक्षा अमेरिकी राष्ट्रपतिको स्तरमा हुने बताए ।

प्रहरी आयुक्तले भने, ‘केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वागतका लागि जुन सुरक्षा व्यवस्था मिलाइएको थियो, भारत–पाकिस्तान खेलको सुरक्षा व्यवस्था पनि त्यसरी नै गरिएको छ । आइएसआईएसको धम्कीपछि सुरक्षामा बढी जोड दिइएको छ ।’