११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भारत–पाकिस्तान खेलमा खेलाडीले राष्ट्रपति स्तरको सुरक्षा पाउने

भारत–पाकिस्तान खेलमा खेलाडीले राष्ट्रपति स्तरको सुरक्षा पाउने
अ अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई क्रिकेट विश्वकै सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिन्छ ।

सन् २०२४ को टी–२० विश्वकपमा दुवै टोली आज आइतबार अर्थात जुन ९ मा न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार ८ः१५ बजे आमनेसामने हुँदैछन् ।

यी दुईबीचको खेल हुनुअघि आतंकवादी संगठन आइएसआईएसबाट धम्की आएको थियो, त्यसलाई ध्यानमा राख्दै खेलाडीको सुरक्षामा कयौं गुणा वृद्धि गरिएको छ । खेलका क्रममा खेलाडीलाई अमेरिकी राष्ट्रपतिजस्तै सुरक्षा उपलब्ध गराइनेछ ।

भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण करिब १२ वर्षअघि दुवै देशका टोलीले पछिल्लो पटक द्विपक्षीय सिरिज खेलेका थिए । दुई टोलीबीचको भिडन्त आइसीसी वा एसीसी प्रतियोगितामा हुने गरेको छ । यस्तो अवस्थामा भारत र पाकिस्तानबीचको खेल सुरक्षाको दृष्टिकोणले बढी महत्वपूर्ण हुन्छ ।

यो खेलअघि सुरक्षामा धेरै ठूला प्रश्न उठेका थिए । तर, खेलअघि स्थानीय प्रशासनले खेलाडी र खेल हेर्ने दर्शकको सुरक्षामा जोड दिएको छ । नासाउ काउन्टीका प्रहरी आयुक्त प्याट्रिक राइडरले सञ्चारमाध्यमसँग कुरा गर्दै यो सुरक्षा अमेरिकी राष्ट्रपतिको स्तरमा हुने बताए ।

प्रहरी आयुक्तले भने, ‘केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वागतका लागि जुन सुरक्षा व्यवस्था मिलाइएको थियो, भारत–पाकिस्तान खेलको सुरक्षा व्यवस्था पनि त्यसरी नै गरिएको छ । आइएसआईएसको धम्कीपछि सुरक्षामा बढी जोड दिइएको छ ।’