• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदीय दलको बैठक जारी ★   प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए ★   सिमेन्ट उद्योगलाई उद्योगस्थलकै तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापनका लागि ६ महिना म्याद… ★   रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु ★   कर्नाटक प्रहरीको खुलासाः प्रमाण नष्ट गर्नका लागि दर्शनले साथीसँग ४० लाख रुपैयाँ लिए ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट ★   वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका ★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली ★   जब पृथ्वीमा १०–२० लाख वर्षसम्म लगातार पानी परिरहन्थ्यो

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड अड्किए



काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै अड्किन पुगेका हुन् ।

पुलको एकतर्फि लठ्ठा चुँडिदा बिहानैदेखि खच्चड तारमा अड्किएको स्थानीयले जानकारी दिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने पुल अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई समेत जोड्छ ।

घटनाबारे जानकारी पाउनासाथ उद्धारका लागि प्रहरीको टोली खटाइएको बताइएको छ ।