• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



फाईल फोटो

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भईरहेको बताईएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि जाने बताइएको छ ।

शपथपछि प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो। मन्त्रिपरिषद्को बिहीबारको बैठकले समकक्षी मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।