१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

सिके राउतका कार्यकर्ताद्वारा मेयर चढेको गाडी तोडफोड, मेयर घाइते

सिके राउतका कार्यकर्ताद्वारा मेयर चढेको गाडी तोडफोड, मेयर घाइते
अ अ+ अ-

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा हरिवन नगरपालिकाका मेयर सवार सवारी तोडफोड गरेका छन् । सिके राउत नेतृत्वके सो पार्टीका कार्यकर्ताले सवारी तोडफोड गर्दा सर्लाही जिल्लाको हरिवन नगरपालिकाका मेयर घाइते भएका छन् । राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न मेयर गणेश प्रसाईं जनकपुर आउँदै हुनुहुन्थ्यो । गाडीमा उपमेयर रेनुका पौडेल पनि हुनुहुन्थ्यो ।

सिके राउतका कार्यकर्ताले गरेको तोडफोडमा मेयर प्रसाईंको कञ्चटमा चोट लागेको छ । उपमेयर पौडेल सकुशल हुनुहुन्छ । जनमत पार्टीका कार्यकर्ताहरुले बुधबार बिहानैदेखि जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको बताइएको छ । उनीहरु राष्ट्रियसभा मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप भइरहेको बताइएको छ ।

उनीहरुले ‘पहिले खाद (मल) देऊ अनि भोट खसाऊ’ भन्दै सहरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।