२५ असार २०८३, बिहीबार
,
Latest
साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस् १२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो राप्रपाले भन्यो–जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन् राप्रपाले भन्यो–जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन् संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई निरन्तरता दिइयोः पद्मा अर्याल स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नेकपा सांसद मल्ल कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, बोलायो प्रतिनिधि फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्पष्टिकरणः एमालेलाई समाप्त हुन नदिन संसद विघटन गर्नुपर्यो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताउनु भयो । पार्टीका काठमाडौं जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गर्नुभयो ।

दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरुलाई बुझाईसकेको अवस्थामा हुने ओलीको भनाई थियो । उहाँले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भएपनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गर्नुभयो । अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरेपनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरुको पाउमा बुझाउने काम गरेको जिकीर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मान्छेहरुले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरी म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस छ गते संसद चाहीँ भंग नगरेको भए हुन्थ्यो । संसद भंग किन गर्नुप¥यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौं । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पु¥याएका थियौं । झन्डै दुई तिहाईको स्थिति हामीले बनाएका थियौ । पार्टी भित्रैबाट बाहिरी शक्तिहरुले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन । चलाई सक्नुछैन । विकास, निर्माणको काम भएको छ । अरु काम भएको छ । पुनःर्निर्माणको काम भएको छ । सबै कामहरु भएको छ । तर देख्दैन । भईँचालोले भत्काएका साँढे ८ लाख घर बनाएको छ । पुनर्निर्माणका अनेक कामहरु भएका छन् । देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन । देख्दैन । हजारौं पुल बनेका छन, देख्दैन । तुईन बिस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरु बनेका छन्, देख्दैन ।

राति पनि उडने गरी सुविधा बिस्तार भएको छ । त्यो पनि देख्दैन । फोरजी सेवा देशभर बिस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ । त्यो देख्दैन । ज्येष्ठ नागरिकहरुको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो ग¥या छ । त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउदैन थियौं हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो ।

दक्षिणपन्थी शक्तिहरुको पाउमा जसरी सरकार बुझाईयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईहरुले देख्नु भएन ? नवौ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजुबुत हैसियतमा पु¥याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाईको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?’

अध्यक्ष ओलीले पार्टीले मिनि–२०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराउनु भयो ।




भर्खरै