२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने



अ+ अ-

काठमाडौं । सवैधानिक इजालासमा न्यायाधीश हरिकृष्ण कार्की नबस्ने भएका छन् । कार्कीले बुधबार संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसी तोकेका थिए ।

विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र शम्भु थापाले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाए । कार्की ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।