७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई

‘कर्मयोगी बद्री पहाडी पुरस्कार’ पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेललाई
अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ –२०७६ पूर्व प्रमुख निर्वाचन आयुक्त एवं ख्यातिप्राप्त पूर्व प्रशासक श्री भोजराज पोखरेललाई प्रदान गरिएको छ । पौष २२ गते शान्ति समाजद्वारा काठमाण्डौमा आयोजित पुरस्कार अर्पण कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पोखरेललाई रु। १ लाख १० हजार पुरस्कार राशीसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । यसैगरी ८ वटा सामाजिक संस्थाहरुले पनि सोही कार्यक्रममा पोखरेललाई सम्मान गरेका थिए ।

पुरस्कार÷सम्मान ग्रहण पश्चात कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले सार्वजनिक सेवामा रहदाँ होस वा निजी जीवन निर्वाहको क्रममा, बद्री पहाडीको सक्रियता सदैव समाजलाई सकारात्मक बाटोमा हिडाउने भूमिकामा केन्द्रीत रहेको बताउँदै आफू जस्ता कैयौ युवाको बद्री पहाडी उत्प्रेरकको रुपमा रहेको बताउनुभयो । नेपालको वर्तमान सन्दर्भको चर्चा गर्दै पोखरेलले हरेक क्षेत्रको अति राजनीतिकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरुको अति क्षयीकरण तथा तेजोबध हुनु मुलुकको अवनतिको कारण रहेको भन्दै अहिले अन्तराष्ट्रिय स्तरमा नेपालको शाख गिरेको बताउनुभयो । 
 
शान्ति समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कोषाध्यक्ष रामकृष्ण बराल, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, शान्ति समाजका सदस्य लक्ष्मी रानाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुरस्कृत व्यक्तित्व पोखरेलबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

सोही कार्यक्रममा भोजराज पोखरेलले कल्याणकारी कार्यमा समर्पित सेवामुखी संस्था लक्ष्मी प्रतिष्ठानलाई आफ्ना तर्फबाट रु २ लाख २० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

श्री पोखरेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्वाह गर्नुभएको उल्लेखनीय भूमिका र विशिष्ट योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।  

२०१० साल जेठ २ गते खोटाङ जिल्लाको ऐसेलुखर्कमा जन्मिनुभएका पोखरेलले २०६४ चैत महिनामा जटिल परिस्थितिमा पहिलो संविधानसभा निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन आयुक्तको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी तीन दशक भन्दा लामो सरकारी सेवाका दौरान विभिन्न मन्त्रालयको सचिवको दायित्व वहन गर्नुभएको थियो ।

सन् २००८ मा वंगलादेशमा सम्पन्न संसदीय निर्वाचन र सन् २०१०/११ मा दक्षिण सुडानको जनमत संग्रह प्रक्रियामा संयुक्त राष्ट्रसंघका महासचिवले श्री पोखरेललाई दुई पटक उच्च स्तरीय प्यानलमा नियुक्त गर्नुभएको थियो । युनाइटेड स्टेट्स इन्स्टीच्युट अफ पिस वासिङ्टन डिसिको सिनियर फेलो र हार्वड केनेडी स्कुलको म्यासन फेलो श्री पोखरेल सन् २०१५ मा म्याङमारमा सम्पन्न संसदीय निर्वाचनमा कार्टर सेन्टरको निर्वाचन पर्यवेक्षण मिसनको सह अध्यक्ष हुनुहुन्थ्यो भने हाल उहाँ कोफी अन्नान फाउण्डेसनको इलेक्टोरल इन्टेग्रिटी इनिसिएटिभ स्टेयरिङ समुहको सदस्य हुनुहुन्छ ।

मानव अधिकार तथा शान्ति समाजद्वारा समाजसेवा÷सार्वजनिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष रु। १ लाख १० हजार नगद र सम्मानपत्रसहित पुरस्कृत÷सम्मानित गर्ने उद्देश्यले २०७६ सालमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ स्थापना गरिएको थियो । यसका लागि पहाडी परिवारबाट प्राप्त रु। १० लाखको अक्षयकोष स्थापना गरिएको छ ।

श्री बद्रीप्रसाद पहाडीको जन्म वि.स १९९२ चैत १ गते तत्कालिन पूर्व ६ नम्बर मादी विर्ता सिरिसे ९हाल संखुवासभा जिल्ला०मा भएको थियो । पिता पद्यंप्रसाद दाहाल र आमा कृष्णकुमारी दाहालको सुपुत्र पहाडीले जीवनको आधा दशक प्रशासन क्षेत्रमा योगदान गर्नुभएको थियो भने आधा शताब्दीदेखि समाजसेवामा सक्रिय हुनुहुन्छ । ६० वर्ष अगाडि केही समय मादी हाईस्कुलको अवैतनिक शिक्षकको रुपमा समेत सेवा गर्नुभएका पहाडीले विराटनगरस्थित विभिन्न शैक्षिक प्रतिष्ठानहरुको व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यको रुपमा समेत योगदान गर्नुभएको छ । पहाडीको बर्दिया जिल्लामा भूमीसुधार नामक पुस्तक र दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् ।  विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहनुभएका पहाडीले नेपालको सबै जिल्लाको भ्रमण गर्नुभएको छ ।