२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक इजलासमा आनन्दमोहन या सपनाको सम्भावना



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आपूm नबस्ने भनी न्यायाधीश हरिकृष्ण कार्कीले भनेपछि यसपछि अर्काे न्यायाधीशको खोजी हुने भएको छ । यस खोजीमा अबका सम्भावित न्यायाधीशमा सर्वाेच्चका दुई न्यायाधीश आनन्दमोहन भट्टराई या सपना मल्ल प्रधानको सम्भावना रहेको छ । 

सर्वाेच्च अदालत स्रोतले दिएको समाचारअनुसार आजको इजलासपछि हरिकृष्ण कार्कीले नबस्ने जानकारी गराएका थिए । उनीमाथि प्रश्न उठेपछि कार्कीले आफू नबस्ने भएका थिए ।  त्यसपछिका न्यायाधीश खोज्ने क्रममा यी दुई जनाको नाम आएको सर्वाेच्च अदालतको स्रोतले जनाएको छ । 

कार्की अघिल्लो पटकको केपी शर्मा ओलीको सरकारमा महान्यायाधिवक्ता भएको विषय कानून व्यवसायीले इजलासमा उठाएपछि उनी संवैधानिक इजलासमा नरहने बताइएको हो ।  आजदेखि शुरु भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश कार्की संवैधानिक इजलासमा नरहने जानकारी दिएका थिए । 

 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सो सुनुवाइ आजदेखि शुरु भएको थियो ।