२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४०९ जनामा संक्रमण पुष्टि, ४९५ जना डिस्चार्ज



अ+ अ-

काठमाडौँ। बुधबार देशभर थप ४०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ७०६ जनाको पिसिआर परिक्षणमा ४०९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार १९३ पुगेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

बुधबार थप ४९५ जना निको भइ डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । बुधबार कोरोनाबाट ६ को मृत्यु भएकोसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।

नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ६.१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।