७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकामा ट्रम्प समर्थकद्धारा संसदमै हमला र तोडफोड, एकको मृत्यु, डिसीमा कर्फ्यु

अमेरिकामा ट्रम्प समर्थकद्धारा संसदमै हमला र तोडफोड, एकको मृत्यु, डिसीमा कर्फ्यु
अ+ अ-

अमेरिका ।  अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भबनमा प्रबेश गरी तोडफोड गरेका छन् । अमेरिकी कङ्ग्रेसमा नब निर्बाचित राष्ट्रपति  जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि गर्न छलफल भै रहेको बेला ट्रम्प समर्थकहरु हतियार सहित सुरक्षा घेरा ताडेर संसद भबनमा प्रबेश गरेको अन्तराष्ट्रिय संञ्चारमाध्याम एनबीसी न्युजले जनाएको छ   ।

प्रर्दशनकारीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउदा एक महिलाको मृत्यु भएको छ भने झडपमा १३ जना भन्दा बढी घाईते भएका छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित हजारौं प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेपछि अराजक स्थिति सिर्जना भएको हो । 


राजधानी वासिगंटन डिसीस्थित क्यापिटल हिलमा गत ३ नोभेम्वरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई लिएर ट्रम्प समर्थकहरूले उग्र प्रदर्शन गरेका हुन । 
संसद भवन कब्जामा लिने खालका प्रयासका साथै डिसी क्षेत्रको सुरक्षास्थिति खलबल्याउने कार्य भएको भन्दै स्थानीय प्रशासनले अहिले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने संसदहरूला सुरक्षित स्थानमा राखिएको छ ।  प्रदर्शनकारीहरूले संसद भवनभित्र तेस्रो तलासम्म पुगेर संसदहरूले प्रयोग गर्ने मेचकुर्सी लगायतका सामाग्री यत्रतत्र गरेको दृश्य स्थानीय संचारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।

नयॉ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई अमेरिकी संसदको दुवै सदनले आज संयुक्त रूपमा संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा घोषणा गर्ने नियमित कार्यतालिका थियो ।  तीन दिनअघि नव निर्वाचित सांसदहरूले कार्यभार ग्रहण गरेपछि सुरू भएको संसदको संयुक्त बैठकले बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित भएको आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा ठूलो संख्यामा प्रदर्शनकारीहरूको समूह सुरक्षाघेरा तोडेर एक्कासी संसद भवनभित्र प्रवेश गरेपछि परिस्थिति स्थानीय प्रहरीको कावुवाहिर पुगेको विभिन्न संचार माध्यमहरूले उल्लेख गरेका छन् । 
संसद भवन परिसर र डिसी सहरको सुरक्षास्थितिलाई ध्यानमा राखेर अहिले सेनासहितको थप सुरक्षा बल परिचालन गरिएको कुरा राष्ट्रपति ट्रम्पका एक जना प्रेस सल्लाहकारले उल्लेख गरेका छन् । 

यद्यपि राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफ्नो हारलाई स्वीकार गरेका छैनन् । उनले विभिन्न बखेडा झिकेर नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई आगामी जनवरी २० मा हुने सपथ ग्रहण समारोह अघि अनेकन झमेलामा पार्न गरिरहेका प्रयास स्वरूप नै संसद भवन जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा यस किसिमको हर्कत भएको र यसले अमेरिकाको प्रजातान्त्रिक इतिहासलाई नै असर गर्ने कतिपयले राजनीतिक विश्लेषकहरूले अर्थाइरहेका छन् ।


यसैबीच नव निर्वाचित राष्ट्रपति जो बाइडेनले ट्रम्प समर्थकहरूले संसद भवनभित्र गरेको उपद्रोलाई अमेरिकी संसदमाथिको हमलाको संज्ञा दिएका छन् । उता जर्जियाको आज सार्वजनिक मतपरिणाम अनुसार सिनेटका दुवै सिटमा डेमोक्रेटिक उम्मेदवार विजयी भएपछि अब संसदको दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत कायम भएको छ । अब बाइडेनलाई आफ्ना नीति र भिजन पारित गर्न संसदमा कुनै अवरोधको सामना गर्नुपर्ने छैन ।


एनबीसी न्युजले जनाएको छ । सुरक्षाफौजले कयौंलाई पक्राउ समेत गरेको छ भने हिंसात्मक घटना हुन नदिन देशभर सुरक्षा सतर्कता बढाइएको छ ।


ट्रम्पका समर्थक सभामुख नान्सी पेलाेसीकाे कुर्सीमा बसेर फाेटाे खिचाउँदै ।