२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकासँग समन्वयमा काम गर्न काँग्रेसको सरकारसँग माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गर्नुभएको हो । उहाँले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्थित्वमा आधारित भएको बताउनु भयो ।

उहाँले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताउनु भयो । उहाँले संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ । हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको छ । तत्काल समन्वय होस् । सरकारीरु पक्षले अहंकार,हुलउदत्त र झगडिया मानसिकता नबोकोस् ।’

उहाँले सरकारले तत्काल समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी पक्षले अहंकार,हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताउनु भयो ।