२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा



अ+ अ-

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पोखरामा सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश स्तरीय वैचारिक एवम राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा सभागृहमा जाने क्रममा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

सहकारी पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउँदै नाराबाजी गरेका हुन् । घटनालगत्तै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही घम्साघम्सीसमेत परेको थियो ।