१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रहरुको प्राथमिकिकरण गरेर आएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो ।

उपसभापति डा.वाग्लले बजेटमा पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याउनु मिसन मोड भएको संज्ञा दिनु भयो । उहाँले सरकारले पाँच भन्दा बढी अर्थतन्त्र ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले आइटी क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर अबको १० वर्षमा ३० अर्ब बराबरको सफ्टवयेर निर्यात पुर्‍याउने मिसन स्पष्ट र टाइम लिमिट रहेको बताउनु भयो । उहाँले यसको साथै १५ लाखलाई रोजगारी दिने लक्ष्य सकारात्मक भएको बताउनु भयो ।

उहाँले सरकारले यसमा थप आइटी पार्क,स्वदेशी स्वट्वयेरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक रहेको भन्दै कार्यान्वयनको लागि आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर लक्ष्य पूरा हुने बताउनु भयो । उहाँले एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडि क्षमतामा आइपुगेको भन्दै आगामी वर्ष सालसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य राखिएको भन्दै जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ यसपाली अर्थमन्त्रीज्युले जानेर नजानेर मसिन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरुको प्राथमिकिकरण गर्नुभएको छ । आफैँले पनि सल्लाह लिएको थिए । पाँच छ वटा ग्रोथ ड्राइभ गर्ने इन्जिनहरुको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ । डिजिटललाइजेशन पहिलो छ । यसमा लक्ष्य ठूलो छ । हाम्रो अध्ययनले ५० करोडको निर्यात देखाएको छ । अबको १० वर्षमा ३० अर्ब पुर्‍याउने भनिएको छ । मिसन स्पष्ट छ । टाइम लिमिट पनि छ । १५ लाख रोजगारी दिने लक्ष्य पनि छ । आइटी पार्क,स्वदेशी सफ्ट्वेयरहरु प्रयोग गर्ने र करमा प्रोत्साहन दिने कुराहरु सकारात्मक छन् ।’

‘अझ यसमा आइटी बोर्डहरु बनाउने र विदेशमा पनि आइटी फोरमहरुलाई निश्चित मापदण्डहरु तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँच भन्दा बाहिर छैन । एक सय वर्षको इतिहासमा उर्जामा करिव ३ हजार मेगावटाको हाराहारीमा जडित क्षमतामा आइपुगेका छौं । अर्को सालसम्म ४५ सय मेगावट जडित क्षेमता बनाउने लक्ष्य राखिएको छ । जलविद्युत क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्छ । पर्यटनमा १६ लाखका कुरा गरिएको छ । त्यसलाई दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउनुपर्छ । पर्यटकको टाउँको गनेर मात्रै हुँदैन । यो पनि मिसन मोडमा नै आएको छ ।’

उहाँले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै सरकारले पर्यटकको टाउँको गन्ने मात्रै भन्दा पनि दैनिक खर्च र पर्यटकको औषत बसाईलाई लम्ब्याउने गरी मिसन मोडमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।