१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

१४१ फरार प्रतिवादी पक्राउः ७४ वर्ष कैद सजाय

१४१ फरार प्रतिवादी पक्राउः ७४ वर्ष कैद सजाय
अ अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४१ प्रतिवादीबाट ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । उनीहरुबाट रु १६ लाख १० हजार ८९० जरिवाना सङ्कलन गरिएको पनि उहाँले बताउनुभयो । 

यसैगरी सो अवधिमा २२ हजार १९८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको, ११ स्थानबाट अवैध जुवातास खेल्ने ८४ व्यक्तिलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएकोे छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा २४ नाल अवैध हातहतियारसहित १५ र लागूऔषध दुव्र्यसनी तथा अवैध कारोबार गर्ने ९० जनालाई पक्राउ गरी उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेस बरामद गरिएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारबाहीस्वरुप रु दुई लाख ४० हजार ५७० राजस्व सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसारसो अवधिमा अवैध वन्यजन्तु तथा वन पैदावार चोरी–निकासीका क्रममा बरामद भएका २७३।६९ क्युफिट ओखेटोपहार, पाँच किलो ३०० ग्राम यार्सागुम्बा, चार÷चार थान रेडपान्डाको छाला र कस्तुरीको बिना, एक थान सालकको खप्पर र सो कार्यमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कार्यसम्पादनका आधारमा ३४८ लाई पुरस्कृत र १५८ जनालाई सजाय गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा लागूऔषध, घरेलु हिंसा न्यूनीकरणका लागि सञ्चालन भएका तीन हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रमबाट तीन लाख ४९ हजार ३७९ नागरिक लाभान्वित भएका छन् । सो अवधिमा २४५ थान सिसी टिभी जडान गरिएको बताउँदै प्रवक्ता खड्काले बताउनुभयो ।