२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ट गीतकार भैरवनाथ रिमाल “कदम” काे निधन



अ+ अ-

काठमाडाैंः नेपालका वरिष्ट गीतकार भैरवनाथ रिमाल "कदम" काे शनिबार निधन भएकाे छ ।

नेपालका उच्च कोटीका तीन गीतकारमध्येका एक रिमालकाे शनिबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । उहाँकाे जन्म ठमेलमा १९९३ साल माघ २० मा भएकाे थियाे ।

उहाँले रचना गर्नु भएका सबै गीत कालजयी छन् ।  उहाँले रचना गर्नु भएका गीतमध्ये ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले गाएकाे ‘उदास मेरो जीवन कथा’ समेतका गीतहरू निकै चर्चित छन् । साथै  नारायणगोपालको सङ्गीतमा फत्तेमानले गाएको "जीन्दगीको पाना भरि सुख भेटिँदैन" शब्द, संगीत र गायन तीनै हिसाबले नेपालकाे उच्च काेटीकाे गीतमध्ये पर्दछ । 

भैरवनाथकै शब्द रहेको तारादेवीले गाएको "अमर माया छाडेर जाने पर्देशी आएन", डेजी बराइलीले गाएको "भीका(खा)री हुँ म हिँड्नु छ आखीर.." जस्ता गीतकाे रचना गर्नु भएकाे छ । भैरवनाथकै शब्दमा रहेकाे र दीप श्रेष्ठले गाएकाे  "हुँ यात्री एउटा रुमल्ली हिँड्ने" सायद दीपका उत्कृष्ट गीतमा पर्दछ ।