१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

ब्रिटिस कलेजद्वारा शैक्षिक सत्र २०२१ र २२ को लागि दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

ब्रिटिस कलेजद्वारा शैक्षिक सत्र २०२१ र २२ को लागि दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान
अ अ+ अ-

काठमाडौँ। द ब्रिटिस कलेज (टीबीसी0ले शैक्षिक सत्र २०२१र२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ। कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो।

ब्रिटिस कलेजले प्रदान गर्दै आएको उदाहरणीय शिक्षाबाट लाभ उठाउन चाहने नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने विशेष उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन्। छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुबै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन्। जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन्।

छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै ढकालले भनिन्, ‘विश्वस्तरिय कलेजबाट छात्रवृत्ति पाएर सम्मानित हुन पाउँदा म साँच्चै खुसी छु। म जस्ता विद्यार्थीहरुमा सम्भावना देखेकोले टीबीसीप्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु। अब म यो प्राप्त अवसरलाई सूचना प्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्न चाहान्छु।’ त्यस्तै, सम्मानित अर्का विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यस्तो प्रख्यात अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन पाउँदा म निकै कृतज्ञ छु र यो प्राप्त अवसरको सदूपयोग गर्नेछु।’ लामाले भनिन्।

कलेजका कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले ओएचसीटी छात्रवृत्ति प्रदान गरेकोमा खुसी व्यक्त गरेकी छिन्। यसबारेमा उनले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिको लागि फण्ड प्राप्त गर्न पाउँदा खुसी छौं। हामी हाम्रा पाठ्यक्रमहरु मार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौं र आवेदनहरुको संख्या र गुणस्तरबाट प्रभावित पनि भएका छौं। दावा लामा तामाङ र रोशना ढकाललाई हार्दिक बधाई तथा पढाइमा सफलताको कामना गर्दछौं।’