२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुम्मानामा प्रहरी चौकी स्थापना



अ+ अ-

भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो । 

चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ति रहने प्रमुख चन्दले बताउनुभयो । चौकीको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले सो चौकीको उद्घाटन गर्नुभयो । सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दैै आएका थिए ।