२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकप्रति फोटोकपीकै रु ४० रुपैयाँ



अ+ अ-

सिमकोट । निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महङ्गो मूल्य तिर्नुपरेको गुनासो आएको हो । बैंकमा खाता सञ्चालनका लागि निःशुल्क उपलब्ध हुनुपर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउन बैंक नजिकको फोटोकपी सेन्टरमा एकप्रतिको रु ४० तिर्नुपरेको सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँका धीरेन्द्र फडेराले बताउनुभयो ।

सामाजिक सुरक्षाभत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुइँचो लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “किन यति महङ्गोमा दस्तखत कार्ड फोटोकपी गर्नुपरेको भन्दै बैंकसँग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको छ ।” यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको व्यवस्था गर्नुपर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँका अर्का स्थानीय छिरिङ फडेराले बताउनुभयो । दस्तखत कार्ड मात्र नभएर केवाइसी फर्मको पनि रु ४० मा फोटोकपी गर्नुपरेको छिरिङले बताउनुभयो ।

अन्य बैंक र फोटोकपी सेन्टर नभएका कारण कार्ड तथा केवाइसी फर्मको मूल्य आफूखुशी असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । यो समस्या सर्केगाड गाउँपालिकाका वडा १ देखि ८ सम्मका सेवाग्राहीले झेल्दै आएका छन् । बैंक खाता खोल्नैपर्ने भएपछि सेवाग्राहीलाई अन्य विकल्प नहुँदा चर्को मूल्य तिरेर खाता सञ्चालन गर्नुपर्ने बाध्याता छ । यस सम्बन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको बताउनुभयो । सम्भव भएसम्म बैंकले स्क्यान गरेर सेवाग्राहीलाई उक्त कार्ड दिने गरेको उहाँको भनाइ छ । सिधैँ काठमाडौँबाट झिकाउनुपर्ने भएका कारण कहिलेकाहीँ कार्डको समस्या हुने बैंकले जनाएको छ ।