१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

कोलम्बियाको यो उल्टो घर बन्यो ‘कोरोना महामारी’ को प्रतीक

कोलम्बियाको यो उल्टो घर बन्यो ‘कोरोना महामारी’ को प्रतीक
अ अ+ अ-

१. घर देखेर मन अलमलिन्छ…

कोलम्बियाको यो उल्टो घर मानिसमा चर्चाको विषय बनेको छ । ‘रोयटर्स’ को रिपोर्टअनुसार यो घर कोलम्बियाको राजधानी बोगोटाबाट अलि टाढा रहेको गुटाभिटामा रहेको छ । यो घर देखेर मानिसहरु छक्क पर्छन् । किनभने यो घर बाहिरबाट उल्टो मात्रै होइन, भित्रबाट पनि उल्टो छ । केही मानिसहरू भन्छन् कि कोरोना महामारीले संसारलाई उल्टो पारेको छ । त्यसैले यो घर उत्तम प्रतीक हो ।

२. पर्यटकहरू घरको सिलिङमा हिँड्छन्…

यो अनौठो घर कोलम्बियामा आफ्नो परिवारसँग बस्ने अस्ट्रियाका फ्रिट्ज शालले डिजाइन गरेका हुन् । यो घर यति अचम्मको छ कि पर्यटकहरू यसको सिलिङमा हिँड्छन् र यसको आश्चर्यजनक चित्रहरूले अरूलाई चकित पार्छन्।

३. भित्रको संसार बिल्कुलै फरक…

वास्तवमा घरभित्र पसेपछि अर्कै दुनियाँमा आएजस्तो लाग्छ। किनकि घरका सबै फर्निचर भुइँमा देखिन्छन् जबकि तपाईं आफूलाई सिलिङमा हिँडिरहेको पाउनुहुन्छ।

४. जब मानिसहरूले मलाई पागल ठान्थे…

“जब मैले मानिसहरूलाई म उल्टो घर बनाइरहेको छु भनेँ, सबैले मलाई पागल जस्तै हेरे”, घर डिजाइनर फ्रिट्ज भन्छन्, “उनीहरुले मेरो कुरा पत्याउन सकेनन् र भने, पक्कै बनाइदिनुस् सर ।”  सन् २०१५ मा ग्रान्ड चिल्ड्रेनसँग आफ्नो देश अस्ट्रियाको भ्रमणमा जाँदा यो अनौठो घर बनाउने प्रेरणा पाएको उनी बताउँछन् । त्यहाँ उनले यस्तै एउटा घर देखे ।

५. कोरोनाका कारण निर्माणमा ढिलाइ

कोरोना महामारीले यो घर निर्माणमा धेरै अवरोध सिर्जना गरेकोले काममा ढिलाइ भएको उनको भनाइ छ । तर यो जनवरी २०२२ मा पर्यटकका लागि खुला गरिएको छ। पर्यटकहरु यो घर धेरै मन पराउँछन्। यसलाई हेर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् । तस्बिर ः रोयटर्स